एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा गर्न रोक्का – Nepal Press

एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा गर्न रोक्का

काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि अन्तर जिल्ला शिक्षक सरुवा रोक्का गरिएको एक विज्ञप्तीमार्फत जानकारी गराएको हो ।

आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का गर्नुपरेको केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दरबन्दी मिलानका क्रममा केन्द्रले खुद पुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा मात्र सरुवा गर्नसक्ने कोईरालाले जानकारी दिए ।

यसअघि केन्द्रले १७ हजार ४७ पदमा पदपूर्ति गर्न शिक्षक सेवा आयोगमा विवरण पेश गरिसकेको छ । जसमा प्राथमिक तहमा १२ हजार ९ सय १२ पद, निम्नमाध्यमिक तहमा दुई हजार ५ सय ९३ पद र माध्यमिक तहमा एक हजार ५ सय ४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *