कर्णालीमा कांग्रेस कार्यकर्ता ओसार्दै मन्त्रालयको गाडी – Nepal Press

कर्णालीमा कांग्रेस कार्यकर्ता ओसार्दै मन्त्रालयको गाडी

सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको गाडी कांग्रेस अधिवेशनका लागि कार्यकर्ता ओसार्न प्रयोग गरेको पाइएको छ । मन्त्रालयको बा २ झ २०५८ नम्बरको गाडी पश्चिम सुर्खेतको विभिन्न क्षेत्रमा अधिवेशनका लागि कार्यकर्ता ओसार्न प्रयोग भइरहेको स्थानीयले बताएका छन् ।

मन्त्रालयको गाडीलाई कांग्रेस सुर्खेतका सचिव टोपबहादुर रावतले निजी सवारीसाधन सरह प्रयोग गरिरहेको स्थानीयले बताएका हुन् । रावत सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीका भतिज हुन् ।

अहिले मन्त्रालयको गाडीले पश्चिम सुर्खेतको चौकुने, पन्चपुरी, बराहतालहुँदै वीरेन्द्रनगरसम्म कांग्रेस कार्यकर्ता बोकिरहेको छ ।

सामाजिक विकास मन्त्रालयले भने गाडीको बारेमा जानकारी नै नभएको जनाएको छ।

मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले आफू काम विशेषले जिल्ला बाहिर रहेको भन्दै यसबारे थाहा नभएको बताए । उनले मन्त्रालयको गाडी कुनै व्यक्तिले आफुखुशी प्रयोग गर्नु गलत भएको भन्दै यसबारे थप बुझ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर