लालबाबु राउत भन्छन्- संघीयता बदनाम गर्न अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्‍यो – Nepal Press

लालबाबु राउत भन्छन्- संघीयता बदनाम गर्न अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्‍यो

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबााबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेका आरोप लगाएका छन् ।

‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको उजुरीका आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिएलगत्तै राउतले अख्तियारको उक्त शैलीको विरोध गरेका हुन् ।

पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, ‘जुन तरिकाबाट अख्तियारका मान्छे प्रस्तुत भए उनीहरूको नियत ठीक देखिएन । एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरु नै तत्व मिलेका छन् । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो भएको हो ।’

आफूले अख्तियारको शैलीका बारेमा प्रमुख आयुक्त प्रेमकुमार राईसँग फोन गरेर आपत्ति जनाएको समेत राउतले बताए ।


प्रतिक्रिया

One thought on “लालबाबु राउत भन्छन्- संघीयता बदनाम गर्न अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्‍यो

  1. हो भन्या म पनि अख्तियारको यो कदमको घोर विरोध गर्दछु , को हो अख्तियार नवमहाराजहरुको अफिसमा छापा मार्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर