ईपीएल: विराटनगरमाथि भैरहवाको सहज जित – Nepal Press

ईपीएल: विराटनगरमाथि भैरहवाको सहज जित

काठमाडौैं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १७.४ ओभरमा सबै विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भैरहवाका लागि ओपनरद्वय प्रदीपसिंह ऐरी र तमिम इकबलले पहिलो विकेटका लागि २७ रनको साझेदारी गर्दै भैरहवालाई राम्रो सुरुआत दिलाएका थिए ।

प्रदीपले २३ बलमा ३ चौकासहित २२ रन जोडेर पेभेलियन फर्किँदा इकबलले १२ रन जोडेका थिए ।

त्यस्तै, उपल थरङ्गा ३४ र कप्तान शरद भेसावकर ६ रनमा अविजित रहँदा रोहित पौडेल १२ तथा आरिफ शेख शून्यमा पेभेलियन फर्केका थिए । थरङ्गाले ३५ बलको सामना गर्दा चार चौकासमेत प्रहार गरेका थिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

विराटनगरका लागि राम नरेश गिरीले दुई तथा करण केसी र बसन्त रेग्मीले १/१ विकेट लिए ।

पहिलो इनिङमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १७.४ ओभरमा सबै विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको छ । विराटनगरका लागि दिल्शान मुनविराले २० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २५ रन जोडे । सुमित महर्जन १३, अनिल साह र आशिफ शेख ११, रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । वसन्त रेग्मी १० रनमा अविजित रहे ।

शानदार बलिङ गरेको भैरहवाका लागि धमिका प्रसाद र आरिफ शेखले ३र३ विकेट लिए । धमिकाले ३ ओभरमा ६ रन खर्चेर १ मेडनसहित ३ विकेट लिए । यस्तै, आरिफले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका हुन् ।

अविनाश बोहराले दुई तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १/१ विकेट लिए ।

आइतबारको पहिलो खेलमा पोखरा राइनोजविरुद्ध राम्रो सुरुआत गरेको भैरहवा वर्षाले खेल रद्द भएपछि अंक बाँड्न बाध्य भएको थियो । सोही दिन विराटनगर चितवन राइनोजसँग २ विकेटले पराजित भएको थियो ।

विराटनगरले शुक्रबारले शुक्रबार ललितपुर प्याट्रिओट्सको सामना गर्नेछ भने भैरहवाले भोलि ललितपुरसँगै खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर