मध्यभोटेकोशीले सर्वसाधारणका लागि आईपीओ खुलाउँदै – Nepal Press

मध्यभोटेकोशीले सर्वसाधारणका लागि आईपीओ खुलाउँदै

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि असोज २० देखि आईपीओ जारी गर्ने भएको छ । सर्वसाधारणका लागि कम्पनीले ८१ लाख ९० हजार कित्ता जारी गर्न लागेको हो ।

कम्पनीले कुल कित्ताको ४ प्रतिशतका दरले हुन आउने ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ भने ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बँडफाँट गरेको छ । कम्पनीले गत वैशाखमा नै सर्वसाधरणका लागि आईपीओ जारीका लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकबासी र प्रभावित क्षेत्र र कम्पनीका कर्मचारी सञ्चय कोष, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीका लागि १ करोड ४४ लाख कित्ता सेयर बाँडफाँट गरिसकेको छ । अहिले कम्पनीको चुक्तापुँजी ४ अर्ब ५० करोड छ । आईपीओ जारीपश्चात कम्पनीको जारी पुँजी ६ अर्ब पुग्नेछ ।

मध्यभोटेकोशी कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४।३९ रहेको छ । यसैगरी, प्रतिसेयर आम्दानी भने १।२२ ऋणात्मक छ । आईपीओको आवेदन दिने मिति छिटोमा असोज २५ गते र ढिलामा कात्तिक ३ गतेसम्मका लागि तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर