विज्ञापन बोर्डका अध्यक्ष हुमागाई भन्छन्- क्लिनफिड केवल व्यवसायीको मात्र समस्या होइन (भिडिओ) – Nepal Press

विज्ञापन बोर्डका अध्यक्ष हुमागाई भन्छन्- क्लिनफिड केवल व्यवसायीको मात्र समस्या होइन (भिडिओ)

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले क्लिनफिड केवल व्यवसायीका लागि मात्रै नभइ जुनसुकै प्लेटफर्मका लागि भएको बताएका छन् ।

काठमाडौंमा जारी देशभरका केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले केवल व्यवसायीहरूको सहयोगमा क्लिनफिड लागू भएको बताए ।

विद्युतको पोलमा बढाइएको भाडाप्रति केवल व्यवसायीको विरोधलाई उनले समर्थन गरे ।

विभिन्न प्रकारका डिजिटल प्लेटफर्मका कारण पनि केवल टीभी व्यवसायीलाई चुनौती थपेको उनले बताए । आईपी टीभी, ओटीटी प्लेटफर्म, भिडियो अन डिमान्ड , नेटफिलिक्सलगायतका कारण व्यवसायीलाई चुनौती थपेको हुमागाईको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *