श्रीमान् चढ्ने मोटरसाइकलको कर मिनाहा गर्न यातायातलाई प्रदेश सांसदको पत्र – Nepal Press

श्रीमान् चढ्ने मोटरसाइकलको कर मिनाहा गर्न यातायातलाई प्रदेश सांसदको पत्र

जनकपुरधाम । आफ्नो श्रीमान् चढ्ने मोटरसाइकलको कर मिनाहा गर्न प्रदेश २ की सांसद प्रमिला यादवले यातायात कार्यालय लहानलाई निवेदन लेखेको खुलासा भएको छ । सप्तरीको राजविराज नगरपालिका-२ घर भएकी यादव माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् । उनले श्रीमानलाई आफ्नो स्वकीय सचिव बनाएकी छन् ।

श्रीमान् अशोक यादव चढ्ने स. ३ प. ८८४८ नम्बरको मोटरसाइकलको २०७८ सम्मको कर छुट गरिदिन प्रमिलाले यातायातमा निवेदन लेखेकी थिइन् । निवेदन लिएर १५ दिनअघि अशोक यातायात कार्यालय पुगेका थिए । तर, यातायातका प्रमुख मीन भट्टराईले कर छुटका लागि मन्त्रीस्तरकै निर्णय हुनुपर्ने भनेर पन्छाएकाे स्रोतले बतायो । त्यसदिन अशाेक इन्स्योरेन्स नविकरण मात्र गराएर फर्केका थिए ।

कर मिनाहा नपाएपछि प्रदेश सांसदले थप जोडबल भने गरिनन् । १५ दिनपछि उनका श्रीमान् फेरि यातायात कार्यालय पुगेर कर चुक्ता गरेर फर्केको बुझिएको छ ।

सांसद यादवले भने मोटरसाइकलको कर छुट गरिदिन आफूले पत्र नलेखेको दावी गरेकी छन् ।

उनले नेपाल प्रेससँग भनिन्, ‘३/४ हजार रूपैयाँका लागि यस्तो घटिया काम किन गर्छु ? मेरो श्रीमान्‌ले आफैं करवापतको रकम तिर्नुभएको छ ।’

‘१५ दिन अगाडी श्रीमान् मोटरसाइकलको कर र इन्स्योरेन्स गराउन लहान यातायात कार्यालय पुग्नुभएको थियो,’ उनले भनिन्, ‘त्यो दिन इन्स्योरेन्स गराउनुभयो । कर पनि तिरिसक्नुभएको छ ।’


प्रतिक्रिया

One thought on “श्रीमान् चढ्ने मोटरसाइकलको कर मिनाहा गर्न यातायातलाई प्रदेश सांसदको पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर