सुपर लिगमा आवद्धताबारे बार्सा, युभेन्टस र मड्रिडमाथिको अनुसन्धानबाट पछि हट्यो यूईएफए – Nepal Press

सुपर लिगमा आवद्धताबारे बार्सा, युभेन्टस र मड्रिडमाथिको अनुसन्धानबाट पछि हट्यो यूईएफए

एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए)ले प्रस्तावित युरोपियन सुपर लिगमा आबद्ध भएको विरुद्धमा बार्सिलोना, युभेन्टस र रियल मड्रिडमाथिको कानूनी लडाई अन्त्य गरेको छ ।

यी क्लबहरु सुपर लिगको १२ संस्थापक सदस्यमध्येका थिए । जुन योजना कार्यान्वयनमा जान नपाई ध्वस्त भएको थियो ।

यी तीन क्लबले यो परियोजना छाड्न अस्वीकार गरिरहेकोबारे यूईएफएले आफ्नो नियमको सम्भावित उल्लंघनसँग सम्बन्धित रहेर अनुसन्धान गरिरहेको थियो ।

युईएफएले क्लबविरुद्धको अनुसन्धान बन्द गरिएको जनकारी सोमबार दिएको छ । युईएफएको अपील कमिटीले वक्तव्य जारी गरी सम्भावित अनुसन्धान र कारबाहीबाट पछि हटेको जानकारी दिएको हो ।

मड्रिडको एक अदालतले यी तीन क्लबलाई युईएफएले कारबाही गर्न नसक्ने फैसला गरेको केहि समयमै युईएफएको यो निर्णय आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर