दसैंमा कालो बजारी र चिनीको अभाव हुँदैन: दिनेश भट्टराई – Nepal Press

दसैंमा कालो बजारी र चिनीको अभाव हुँदैन: दिनेश भट्टराई

काठमाडौं । वाणिज्य विभाग र नेपाल आयाल निगमको आयोजनामा बजार अनुगमन र सरोकारवालाको भूमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

उद्योग मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले कालो बजारी नहुने तथा चाडपर्वमा चिनीको अभाव नहुने बताए ।

कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘चाडपर्वको समयमा चिनीको कुनै अभाव हुँदैन । वाणिज्य विभागले दैनिक बजार अनुगमन गरेकोले बजारमा कालो बजारी हुँदैन । बजारमा चिनी अभाव हुने भनेर हल्ला मात्रै चलेको हो । मन्त्रालयले चिनीको अवस्था बुझेर नै सहुलियत दरमा चिनी आयात नगरेको हो । भारतबाट आयात कर्ताले चिनी आयात गरेर ल्याइरहेको छ । त्यसैले दसैं लगायतका चाडपर्वमा चिनीको अभाव हुँदैन ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देश प्रकाश पौडेलले विभागले बजार अनुगमन गरिरहेको बताए ।

पौडेलले भने, ‘हामीले मूल्य र गुणस्तरको विषयलाई केन्द्रमा राखेर अनुगमन गरिरहेका छौं । उत्पादन गर्ने उद्योग र स्टोरमा नै पुगेर अनुगमन भइरहेको छ । अहिले खाद्य संस्थानले उद्योगबाट खाने तेल बिक्री गर्दा केही सस्तो भएको भन्ने कुरा पनि आएको छ । व्यापारीको धेरै तह भएर तेलको मूल्य वृद्धि भएको हो कि भन्ने पनि लागेको छ । यस विषयमा पनि हामी उत्पादकसँग छलफल गर्ने छौं ।’

विभागका प्रवक्ता शिवराज सेढाईले बजार अनुगमनलाई अझ कसरी प्रभावकारी बनाउने भनेर लागेका विभाग लागेको बताए । स्रोत अनुगमन सुरु भएको उनले बताए ।

विभागले गत आर्थिक वर्ष २ हजार ५ सय अनुगमन गरेकोमा ६८ वटाले व्यवसायले मात्रै सहि मूल्य र गुणस्तरीय समान बिक्री गरेको भेटेका थियो । यस आर्थिक वर्षमा २ सय विभिन्न व्यापारी पसलहरुमा अनुगमन गर्दा सबैको गल्ति भेटाएको सेढाईले बताए । २ सयमा केहीलाई कारवाही र केहीलाई सामान्य निर्देशन भएपनि दिनुपर्ने अवस्था रहेको थियो ।

उपाभोक्ता अधिकार कर्मी कृष्ण प्रसाद भण्डारीले कालो बजारी र बजार अनुगमनको विषयमा काठमाडौंको ठूलो होटलमा कार्यक्रम गरेर समस्याको सामाधान नहुने बताए । उनले भने, ‘विभागले गाउँगाउँमा जनचेताना मूलक कार्यक्राम ल्याउनु पर्ने पर्यो । गाउँका उपभोक्ता कालो बजारीको मारमा परेका छन् । सरह केन्द्रीद कार्यक्रम गरेर केही हुदैन ।’

नेपाल आयात निगम प्रवक्ता विनितमणि उपाध्यायले पेट्रोलियम पदार्थको विषमा कुनै समस्या नहुने बताए । दसैंको बेलापनि निगमको डिपो सञ्चाल हुने बताए ।

नेपाल चेम्बर अफ कमर्सका सदस्य देबेन्द्र भक्त श्रेष्ठले वाणिज्य विभागले बजार अनुगमन गर्दा व्यापारीलाई तरसाउने गरेको बताए । व्यापारीले जानिजानी नभई भुलबस पनि कहीले कहाँ गल्ति हुने गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर