गभर्नर अधिकारीलाई कोरोना संक्रमण, डा. निलमलाई कामुको जिम्मेवारी – Nepal Press

गभर्नर अधिकारीलाई कोरोना संक्रमण, डा. निलमलाई कामुको जिम्मेवारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोभिड १९ संक्रमण देखिएको छ । उनी अहिले होम आइसोलेसनमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गभर्नर अधिकारी बिदा बसेपछि डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई कामु तोकिएको छ । उनलाई असोज ६ गतेदेखि कामुको जिम्मेवारी दिइएको हो । उनी कायममुकायम गभर्नरको जिम्मेवारी पाउने पहिलो महिला हुन् ।

असोज ५ गते गरेको परीक्षणमा गभर्नर अधिकारीलाई कोरोना पोजेटिभ देखिएपछि उनकै अनुरोधमा अर्थमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट उक्त व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *