चुडामणि शर्मालाई ५० लाख धरौटी लिएर रिहा गर्न आदेश – Nepal Press

चुडामणि शर्मालाई ५० लाख धरौटी लिएर रिहा गर्न आदेश

काठमाडौं। विशेष अदालतले तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग ५० लाख रूपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ ।

सोमबार विशेष अदालतका सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मा निर्दोष हुन् भन्न सकिने अवस्था नभए पनि उनीबाट प्रमाण नष्ट हुने अवस्था नदेखिएकाले धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीहरूले कर फर्छ्यौट आयोग रहँदा व्यवसायीहरुलाई जथाभावी छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको दावी अख्तियारले गरेको थियो ।

विशेष अदालतको आदेशसँगै शर्माले धरौटी तिरेर रिहा हुने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर