ठूला लगानीको आयस्रोत नखोज्ने निर्णयको बाबुराम भट्टराईद्वारा बचाउ (भिडिओ) – Nepal Press

ठूला लगानीको आयस्रोत नखोज्ने निर्णयको बाबुराम भट्टराईद्वारा बचाउ (भिडिओ)

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए ।

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्‍याउनु भयो ।

उनले भने, ‘जसले संसदलाई २÷२ चोटी विघटन गर्छ । ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम । जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो । मैले पार्टी छोडिसके पछि दोस्रो संविधानसभा पछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिँए । उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’

भट्टराईले एमालेले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठ देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए ।

यस्तै उनले कालो धन वैधानिक भए राम्रो हुने बताए । भट्टराईले अबैध धन कालो राखेर कालै काम गरिने प्रवृति रहेको समेत बताए ।

उनले भने,‘ यहाँ त अबैध धन कालो राखेर कालै काम गरिने प्रवृति छ । केपी ओली जीले जुन महारस्थी गर्नुभयो । यति, ओम्नीदेखि दशै प्रकरणहरु गरेर कालो धनलाई झन कालो बनाउनुभयो । कम्तिमा यो सरकारले कालो धनलाई बाहिर ल्याएर राष्ट्रिय उत्पादनमा प्रयोग गर भनेको छ । कालो सेतो जे सुकै भएपनि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गरेर विकास गर भन्नु त सहि छ नि उहाँहरुले चाहिँ कालोलाई कालै राखेर कमिसन खाउ भनिराख्नुभएको छ । यो त उल्टो बाटो भएको प्रस्टै छ नि । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर