कतारकी राजकुमारीद्वारा मनास्लु हिमालको सफल आरोहण – Nepal Press

कतारकी राजकुमारीद्वारा मनास्लु हिमालको सफल आरोहण

काठमाडौं । कतारकी राजकुमारी शेखा आस्मा अल थानीले आज विश्वकै आठौँ अग्लो हिमाल मनास्लुको सफलतापूर्वक आरोहण गरेकी छिन् । आज बिहान १०ः३० बजे उनी चुचुरोमा पुगेकी थिइन् । उनी अहिले आधार शिविरतर्फ फर्कने क्रममा रहेको उनलाई आरोहण गराउने कम्पनीले जनाएको छ ।

उनले भने, ‘उहाँसँगै हाम्रो कम्पनीबाट गएका विभिन्न देशका पाँचजना आरोहीले पनि सफल आरोहण गरेका छन् ।’

कीर्तिमानी आरोहीहरु मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पाले राजकुमारीलाई गाइड गरेका थिए । गत वसन्तऋतुमा राजकुमारी अल थानी सातै महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने लक्ष्यसहित सगरमाथा आरोहणका गर्न आएकी थिइन् ।

यसअघि उनले ६,९६९ मिटरको अग्लो दक्षिण अमेरिकाको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर