भीम र लेखराजजीहरूको समझदारीमा सुदूरपश्चिम नेतृत्व मिल्छ : पृथ्वीसुब्बा गुरुङ (भिडिओ) – Nepal Press

भीम र लेखराजजीहरूको समझदारीमा सुदूरपश्चिम नेतृत्व मिल्छ : पृथ्वीसुब्बा गुरुङ (भिडिओ)

१० बुँदे ९० प्रतिशत कार्यान्वयन भइसक्यो, बाँकी विधान महाधिवेशनअघि नै टुंगिन्छ

काठमाडौं । नेकपा (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङले १० बुँदे सहमति ९० प्रतिशत कार्यान्वयन भइसकेको बताएका छन् । उनले बाँकी विधान महाधिवेशनअघि नै टुंगिने दावी गरे ।

‘१० बुँदेको कुरा ९० प्रतिशत समाधान भइसक्यो,’ च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले भने, ‘जेठ २ मा फर्किनलाई एक/दुई जिल्लामात्रै बाँकी छ । त्यहाँ पनि हाम्रो कार्यदलले काम गरिरहेको छ । विधान महाधिवेशनअघि नै यो समाधान हुन्छ।’

सुदूरपश्चिम प्रदेशमा पनि जिल्लाको कुरा टुंगिसकेको र इन्चार्जको कुरा कार्यदलको पहलमा पार्टी अध्यक्षले टुंग्याउने उनले बताए ।

‘सुदूरपश्चिममा पनि जिल्लाहरूमा सबैतिर समस्या समाधान भइसक्यो,’ गुरुङले भने,‘भीम रावल र लेखराज भट्टजीहरूबीच समझदारी कायम गरेर मिलाउने प्रयास भइरहेको छ । उच्चस्तीय कार्यदलको पहलमा अध्यक्षले टुंगाउनुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर