राष्ट्रसंघीय महासभामा आज नेपालले सम्बोधन गर्दै, जलवायु संकट र कोभिड खोपको मुद्दा उठाउने तयारी – Nepal Press

राष्ट्रसंघीय महासभामा आज नेपालले सम्बोधन गर्दै, जलवायु संकट र कोभिड खोपको मुद्दा उठाउने तयारी

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रको लन्च समयपछि नेपालको तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गदै सम्बोधन गर्न लागेका हुन् ।

यसपटक नेपालले जलवायु परिवर्तन, कोभिड–१९ महामारी रोकथाम र खोपको समान वितरण, दिगो विकास लगायतका मुद्दाहरुलाई उठाउने तयारी गरेको छ ।

आजै मन्त्री डा खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढङ्गले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कूटनीतिलाई विशेषरुपमा अघि बढाउन निर्देशन समेत दिएका छन् ।

मन्त्री खड्का गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भई मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गरेको पनि जनाइएको छ । मन्त्री डा खड्का नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फर्कने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर