राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित – Nepal Press

राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बेठकले बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरिएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि दफाबार छलफल अगाडि बढाउँदा कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा पठाइएका यी दुई विधेयकलाई राष्ट्रियसभाले पुनः पारित गरी प्रतिनिधिसभामै पठाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर