प्रदेश २ मा बुधवार सार्वजनिक विदा – Nepal Press

प्रदेश २ मा बुधवार सार्वजनिक विदा

जनकपुरधाम । जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बुधवार सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै जितिया पर्व मनाउने महिलाहरुका लागि बुधवार सार्वजनिक विदा दिएका जनाएका हुन् ।

पुत्रको दीघायूको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राउतले भनेका छन्, ‘सन्तानप्रति आमाको स्नेह झल्काउने जितिया महापर्वले प्रदेशभरी नै आस्था र प्रेम कायम गरुन भनि कामना गर्दछु ।’ उनले ब्रतालु महिलाहरुलाई निष्ठा पूर्वक जितिया पर्व मनाउन अपिल पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *