आजदेखि काठमाडौंमा अस्ट्राजेनेका र भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु, कुन खोप कुन केन्द्रमा लगाउने ? – Nepal Press

आजदेखि काठमाडौंमा अस्ट्राजेनेका र भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु, कुन खोप कुन केन्द्रमा लगाउने ?

काठमाडौँ, ११ असोज । काठमाडौँ महानगरपालिकामा आजदेखि कोभिड-१९ विरुद्धको खोप अस्स्ट्राजेनेका को पहिलो डोज लगाउन सुरु गरिएको छ । खोप लगाउन बाँकी १८ बर्ष माथिका सबैलाई आजबाट अस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको हो ।

काठमाडौँ महानगरपालिका भित्रका ३२ वटै वडाका खोप केन्द्रसँगै नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र अस्पताल छाउनीमा गएर समेत खोप लगाउन सकिने भएको छ । विहान १० देखि अपरान्ह ४ बजेसम्म चल्नेछ । खोप लिनका लागि विद्युतीय दर्ता र परिचयपत्र लिएर जानुपर्ने छ ।

काठमाडौंमा आजदेखि भेरोसेलको पहिलो मात्रा खोप दिइँदै

यसैबीच, काठमाडौं जिल्लामा आजदेखि तीन दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ।

काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नार्गाजुन नगरपालिका, तार्केश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोका नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा तोकिएका खोप केन्द्रमा खोप सकिने भएको छ ।

त्यसबाहेक काठमाडौं महानगरभित्र नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, निजामति अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा समेत खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर