बुद्धको विमान विराटनगरमा अवतरण गर्न सकेन, काठमाडौंमा फोर्स ल्यान्डिङ (भिडिओ) – Nepal Press

बुद्धको विमान विराटनगरमा अवतरण गर्न सकेन, काठमाडौंमा फोर्स ल्यान्डिङ (भिडिओ)

ल्याण्डिङ गियरमा समस्या

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेपछि फोर्स ल्याण्डिङ् गराइएकाे छ । जहाज विराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौं फर्काइएको हो ।

त्रिभुवन विमानस्थलमा हाइ एलर्ट गरेर विमानलाई सकुशल अवतरण गरिएको छ । ल्याण्डिङ गियरमा समस्या आएपछि जहाज विराटनगरमा ल्याण्ड हुन नसकेको हो ।

विमान अवतरण गराउनुअघि अग्नि नियन्त्रन्त्रक,एम्बुलेन्स लगायतका सबै सुरक्षा उपाय तैनाथ गरिएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार केही समय आकाशमै होल्ड भएको विमान सुरक्षित अवतरण भएको हो।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *