ओलीका नियुक्ति उल्ट्याउँदै देउवा- नेपाल स्काउटको राष्ट्रिय समिति खारेज – Nepal Press

ओलीका नियुक्ति उल्ट्याउँदै देउवा- नेपाल स्काउटको राष्ट्रिय समिति खारेज

काठमाडौं । सरकारले नेपाल स्काउटको तदर्थ समिति खारेज गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोकवहादुर भण्डारीसहित सबै सदस्यलाई हटाएको जनाएको छ ।

तदर्थ समिति गठन हुँदाको बखत दिइएको जिम्मेवारी पूरा नगरेको भन्दै खेलकुद मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाको निर्णय अनुसार समिति खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

केपी ओली सरकारले जेभियर इन्टरनेशनल स्कूल/कलेजका प्रबन्ध निर्देशक समेत रहेका झापाका लोकवहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्यीय नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति गठन गरेको थियो ।

समितिमा कास्कीका शिववहादुर भण्डारी, झक्तपुकारका बिजेन्द्र ध्वजु, सर्लाहीका इन्द्रभुषण यादव र धनुषाकी सीमा कर्ण छन् । यसैबीच नेपाल स्काउटनका संयोजक भण्डारीले आजै दिउँसो पत्रकार सम्मेलन गरेर यसबीचमा स्काउटले गरेका काम र सरकारले गैरकानूनी रुपमा हटाएको विषयमा धारणा सार्वजनिक गर्ने भएका छन् ।

स्काउटले पछिल्लो समयय महामारीविरुद्धको लडाइ र शव व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गरेको छ । अहिले स्काउटले देशभरका स्थानीय तहमा अभियान सन्चालन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर