निराहार व्रतसहितको जितिया पर्व शुरु – Nepal Press

निराहार व्रतसहितको जितिया पर्व शुरु

जनकपुरधाम । मधेसका जिल्लामा मनाइने कठोर जितिया पर्व आजदेखि सुरु भएको छ । आज पहिलो दिन ब्रतालु महिलाहरुले नुहाएर घिरौलाको पातमा तेल खँडी चढाएका छन् ।

आज एकाविहानैदेखि जनकपुरको ऐतिहासिक पोखरीहरुमा स्नान गर्ने ब्रतालु महिलाहरुको घुँइचो देखिन्छ । आज चढाएको तेल ब्रतालु महिलाहरुले आ–आफ्नो सन्तानको शीरमा दलेर सुःख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ ।

३६ घण्टासम्म निराहार बसेर महिलाहरुले जितिया मनाउँछन्, त्यसैले यस पर्वलाई कठोरको रुपमा लिइन्छ । निराहार बस्ने महिलाहरु पानी समेत नखाने गरेको र थुक पनि निल्न नपाइने परम्परा छ । विगतका वर्षहरुमा २४ घण्टा मात्र निराहार बस्नुपर्ने भएपनि यसवर्ष ३६ घण्टा निराहार बस्नुपर्ने ब्रतालु महिलाहरु बताउँछन् ।

अब बुधवार विहान बच्चाहरु ब्युँझेपछि ब्रतालु महिलाले घिरौलाको पातमा चढाएको नैवेद्यस्वरुपको चिउरा, दही फलफूलसहित प्रसादीको रुपमा खान दिन्छन् । विशेष गरी सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्न जितिया पर्व मनाउने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर