पूर्वसांसद राजवंशीले कांग्रेस छाडे, सहयोगीहरुसहित एमाले प्रवेश – Nepal Press

पूर्वसांसद राजवंशीले कांग्रेस छाडे, सहयोगीहरुसहित एमाले प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा दुईपटक संविधानसभा सदस्य निर्वाचित भएका अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर राजवंशीले पार्टी प्रवेश गरेका हुन् ।

कांग्रेसका प्रभावशाली नेता राजवंशी झापाबाट पहिलो र दोस्रो संविधानसभा सदस्य भएका थिए । आदिवासी समुदायका नेता राजवंशीले ओलीका नेतृत्वमा समृद्धिको यात्रा अघि बढेको र यसबीचमा षडयन्त्र गरेर सत्ता परिवर्तन गरिएको आफूलाई चित्त नबुझेर कांग्रेस छाडेको बताए ।

कांग्रेस महाधिवेशनको मुखैमा राजवंशीले एमाले प्रवेश गरेपछि झापाको कांग्रेस राजनीतिमा खैलाबैला मच्चिएको छ । राजवंशी कांग्रेसका पूराना नेता हुन् ।

राजवंशी एमाले प्रवेश गर्दा एमाले प्रदेश १ का अध्यक्ष देवराज घिमिरे,केन्द्रीय सदस्य देवेन्द्र दाहाल लगायतका नेता सहभागी थिए । राजवंशीसँगै उनका सहयोगीहरु पनि एमाले प्रवेश गरेका छन् ।

झापाको अनारमनीका बासिन्दा राजवंशी हालै झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर