आईएफकेके तौल समूह फुल कन्ट्याक्ट करातेमा सुष्मी च्याम्पियन


काठमाडौं । क्योकुसिन काइकानकी सुष्मी श्रेष्ठ तेश्रो राष्ट्रिय (आईएफकेके) तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन् ।
इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत खुला तौलसमूहको फाइनलमा सुष्मीले आईकेकेएफकी चन्दा भुजेललाई पराजित गरेकी हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितको पुरुष ३० केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका प्रिन्स पुजारी थेचोका रमित महर्जन पहिलो भए ।
३५ केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका शेख रिच्बोन्डले गुड स्टारका सुशान्त सापकोटालाई पन्छाउँदै पहिलो स्थान हात पारे । ४५ केजीमुनि आईकेए एयरपोर्टका अनमोल माझीले केन्द्रीय डोजो आईएफकेकेका सुरज विकलाइ पराजित गर्दै स्वर्ण जिते ।
पुरुष ५० केजीमुनि आईकेए एयरपोर्टका विजय राईले फाइनलमा आईकेए एयरपोर्टकै अभिषेक माझीलाई पछि पार्दै शीर्ष स्थान हात पारे । ६५ केजीमुनि क्योकुसिन कानका सन्तोष विश्वकर्माले आफ्नै क्लबका सौरव बस्नेतलाई हराउँदै स्वर्ण चुमे ।