सरकारी अस्पतालको हालत लाजमर्दो भो, सुधार्नैपर्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ (भिडिओ) – Nepal Press

सरकारी अस्पतालको हालत लाजमर्दो भो, सुधार्नैपर्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ (भिडिओ)

मेडिकल कलेज र नर्सिङ कोर्स प्राइभेटलाई मात्र दिनुहुन्न

चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले मेडिकल कलेजहरू खोल्ने बताएका छन् ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सव तथा १७ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको उद्घाटन गर्दै उनले भने, ‘यो आउने वर्षमा दुई/चार वटा भए पनि मेडिकल कलेजहरू खोल्नुपर्छ ।’

प्राइभेटलाई मात्रै दिन छाडेर सरकारी संस्थाहरूमा समेत नर्सिङका कोर्सहरू पढाउन सुरू गरिने श्रेष्ठले बताए । ‘अब धेरै ठाउँमा सरकार आफैँले खोल्नुपर्छ । मेडिकल कलेज १९ वटा हुने ?’, उनले भने, ‘सरकारको एउटा दुईटामात्रै हुने त्यो सम्भव छ ? ४-५ सय बेडको अस्पतालमा बेसिक साइन्सको कोर्सहरू चलाइने छ ।’

उनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा समेत शैक्षिक कार्यक्रम चलाउन सुझाए । ‘यति ठूलो संरचना छ, फुल युज हुनुपर्‍यो । भरतपुरमै रिसर्च सेण्टर बनाउने गरी क्याविनेटमै निर्णय गर्ने प्रक्रियामा छौँ’, मन्त्री श्रेष्ठले भने ।

उनले सरकारी अस्पताल तथा स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले ११ वटा कमिटी बनाएर अध्ययन गरिरहेको जानकारी दिए । म बाँच्छु भन्ने विश्वास जगाउँदै सरकारी अस्पतालमा उपचार गर्न आउने वातावरण बनाइने बताए । अहिले सरकारी अस्पतालको अवस्था लाजमर्दो रहेको आफूले भेटेको सुनाए ।

‘रेडियसन गर्न ३-४ महिना कुर्नुपर्ने, ट्रान्सप्लान्ट गर्न २ वर्ष कुर्नुपर्ने, डायलाइसिस गर्नुपरे कहिँ ठाउँ नपाउने अवस्था छ । यो सुधार्नैपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर