बाँदर धपाउने यन्त्र बनाउनेलाई १० लाख पुरस्कार दिने महावीर पुनको घोषणा – Nepal Press

बाँदर धपाउने यन्त्र बनाउनेलाई १० लाख पुरस्कार दिने महावीर पुनको घोषणा

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बाँदर धपाउने प्रभावकारी यन्त्र बनाएमा अनुसन्धानकर्तालाई १० लाख पुरस्कार दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।

देशका विभिन्न स्थानमा बाँदरले किसानको बालीनालीमा क्षति पुर्‍याएको समाचारहरू आउने गरेका छन् । यस्तो समस्या समाधान गर्न कुनै उपाय निकाल्न केन्द्रलाई किसानहरूले आग्रह गर्दै आएका थिए । पुनले यो समस्या गम्भीर रहेको भन्दै पुरस्कार घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘विषय गम्भीर छ, सजिलो छैन । बाँदर धपाउन एकदमै प्रभावकारी चिज बनाएमा अनुसन्धान गरेबापत १० लाख रुपैयाँ पुरस्कार पाउँछ ।’

आफूले ठट्टा गरेको नभइ नेपाली किसानले धेरै दु:ख पाएको हुँदा प्रभावकारी उपाय खोजेको पुनले उल्लेख गरेका छन् ।
‘पुरस्कारभन्दा पनि प्रोत्साहन गरेको हो,’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर