इजरायलमा ‘केयरगिभर’ मा जानका लागि १६ सयको नाम सिफारिस (सूचीसहित) – Nepal Press

इजरायलमा ‘केयरगिभर’ मा जानका लागि १६ सयको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार ६ सय जनाको नाम सिफारिस भएको छ । वैदेशिक रोजगार विभागले आइतबार इजरायलमा ‘केयरगिभर’मा जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो ।

विभागले भाषा परीक्षा उर्तिण गरी अन्तरवार्तामा सहभागी भएकामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए)लाई सिफारिस गरेको विभागका महानिर्देशक दिपक काफ्लेले एक सूचनामार्फत जानकारी गराएका हुन् ।

उनका अनुसार विभागले सिफारिस गरेको सूचीबाट पिआइबीएले कामदार छनोट गर्नेछ । छनोट गरेका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौतापश्चात उनीहरु इजरायल जान पाउने भएका छन् ।

यसका लागि अहिले छनौट भएका एक हजार ६ सयमध्येबाट एक हजार ४ सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनौट गर्ने विभागले जनाएको छ ।

छानिएका स्वयंले भिसा र टिकटलगायत खर्चका लागि करिब १ लाख ६५ हजार तिर्नुपर्ने छ । यसपटक छानिएका कामदारले नर्सिङ होम तथा केयर होमलगायत संस्थाका लागि काम गर्नेछन् । भिसा अवधि ५ वर्षको रहेको विभागद्धारा जारी सूचनामा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर