अर्घाखाँचीका स्थानीय तहमा देउवा पक्ष नील – Nepal Press
कांग्रस अधिवेशन

अर्घाखाँचीका स्थानीय तहमा देउवा पक्ष नील

शितगंगामा आज अधिवेशन

रुपन्देही । नेपाली कांग्रेसका नेता पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीमा छ स्थानीय तहमध्ये अधिवेशन भएका पाँचवटै पालिकामा देउवा पक्षका उम्मेदवार परिाजित भएका छन् ।

चार स्थानीय तहमा नेता रामचन्द्र पौडेल समूह विजयी भएको छ भने एक पालिकामा निर्वाचित सभापतिले आफू कुनै समूहमा नरहेको जनाएका छन् ।

पौडेल समूहको तर्फबाट सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल, भूमिकास्थान नगरपालिकाको सभापतिमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी र मालारानी गाउँपालिकामा शोभाखर खनाल निर्वाचित भएका छन् भने पाणिनि गाउँपालिकामा विजयी तुल्सी पौडेल आफू कुनै समूहमा नरहेको प्रतिक्रिया दिएका छन् ।

दुवै समूहले उनलाई आफ्नो दावी गरेपछि नेपाल प्रेससँगको कुराकानीमा पौडेलले भने, ‘म नेपाली कांग्रेस हुँ, म कुनै समूहमा छैन ।’

छत्रदेव, मालारानी र पाणिनि गाउँपालिकामा सर्वसहमत रुपमा नेतृत्व चयन भएको हो भने अरुमा चुनाव भएको थियो ।
सन्धिखर्कको नगर सभापतिमा लिलाधर बस्याललाई ३० मतले पराजित गर्दै बाबुराम भुसाल निर्वाचित भए भने भूमिकास्थानको सभापतिमा निकटतम प्रतिद्वन्द्वी खिमकुमार श्रेठलाई २७ मतले पराजित गर्दै खडानन्द बेल्वासे निर्वाचित भएका थिए ।

सन्धिखर्कमा निर्वाचित भुसालले १५५ मत पाएका थिए भने भूमिकास्थानमा निर्वाचित भएका बेल्वासेले १०३ मत प्राप्त गरेका थिए ।

शितगंगा नगरसभापतिको लागि भने आज आइतबार निर्वाचन भइरहेको छ । शितगंगामा देउवा समूहबाट मोहन पन्थी र पौडेल समूहबाट मोती बेल्वासे चुनावी मैदानमा छन् ।


प्रतिक्रिया

One thought on “अर्घाखाँचीका स्थानीय तहमा देउवा पक्ष नील

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर