संघसंस्थामा नेतृत्व चयन स्वाभाविक प्रक्रिया हो, हारजितका रूपमा नलिऔं : चन्द्र ढकाल – Nepal Press

संघसंस्थामा नेतृत्व चयन स्वाभाविक प्रक्रिया हो, हारजितका रूपमा नलिऔं : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रूपमा लिन नहुने बताएका छन् ।

सप्तरी उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने र त्यसो हुन नसके पनि निर्वाचनको भोलिपल्टदेखि नै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताए ।

आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्वउपाध्यक्ष किशोर प्रधानकै हार्दिकतापूर्ण आमन्त्रणका कारण आफू संघको साधारणसभामा आएको भन्दै निर्वाचनले एकजनालाई मुख्य जिम्मेवारी दिए पनि अर्कोजनाको आवश्यकता र भूमिका जरुरी हुने ढकालको भनाइ थियो ।

ढकालले आफूहरूले ७७ जिल्लाकै व्यवसायीलाई महासंघको केन्द्रीय नेतृत्वसँग जोड्ने प्रयास गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *