परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन – Nepal Press

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गत पूर्वाधार, प्रदेश तथा जिल्ला समन्वय समिति गठन भएको छ । परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई नयाँ समिति गठन गरेको हो ।

पूर्वाधार समितिको नेतृत्व परिसंघका राष्ट्रिय परिषद् सदस्य आशिष गर्गले गरेका छन् । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे समितिमा कोअर्डिनेटिङ उपाध्यक्ष छन् ।

समितिले नेपालामा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकासँग मिलेर काम गर्नेछ । यसैगरी नेपालमा आवश्यक पूर्वाधार विकासको क्षेत्रमा पैरवी पनि समितिले गर्नेछ ।

समितिको सदस्यहरूमा अमुन थापा, आनन्द सुवेदी, अनुप उप्रेती, कमल पाण्डे, वर्षा श्रेष्ठ, वसन्तबहादुर चन्द, विद्यावारिधि सिग्देल, गणेश कार्की, गुरुप्रसाद न्यौपाने, मनिष खेमका, निकोलश पाण्डे, रामकृष्ण खतिवडा, सुधीर मित्तल र ताराप्रसाद पौडेल रहेका छन् ।

यसैगरी परिसंघले प्रदेश र जिल्लाहरूमा आफ्नो उपस्थिति बलियो बनाउने र प्रदेश एवं जिल्ला उद्योग परिसंघको भूमिका सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय परिषद् सदस्य लक्ष्मीप्रसाद सुवेदीको सभापतित्वमा प्रदेश एवं जिल्ला समन्वय समिति गठन गरेको छ । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी समितिको कोअर्डिनेटिङ उपाध्यक्ष छन् । सहसभापितमा एजाज आलम छन् ।

समितिले प्रदेश एवं जिल्ला तहमा नीतिगत छलफल एवं अन्तर्क्रिया गर्ने, प्रदेशहरूमा उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि कानुन तर्जुमामा पहल गर्ने र परिसंघले अघि बढाएको मेक इन नेपाल- स्वदेशी अभियान अघि बढाउने उद्देश्य समितिले राखेको हो ।

सदस्यहरूमा भीम घिमिरे, नरेश दास, ऋषिराम घिमिरे, विनोदकुमार न्यौपाने, पूर्णप्रसाद आचार्य, हेमविक्रम थापा, ताराप्रसाद पौडेल, सुरजभक्त पौडेल, भेषराज दुवाडी, बाबुराम बोहरा, राजु पौडेल, लेखराज पोखरेल, सुरेशबहादुर श्रेष्ठ र कृष्णप्रसाद शर्मा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *