रामेछापमा नेकपा एस गठन, रमेश बस्नेतको अध्यक्षतामा बन्यो कमिटी – Nepal Press

रामेछापमा नेकपा एस गठन, रमेश बस्नेतको अध्यक्षतामा बन्यो कमिटी

रामेछाप । नेकपा एकीकृत समाजवादीले रामेछाप जिल्ला कमिटी घोषणा गरेको छ । वागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको उपस्थितिमा भएको कार्यकर्ता भेलामा जिल्ला इन्चार्ज देवशंकर पौडेलले नवगठित कमिटी घोषणा गरेका हुन् ।

नेकपा एसको रामेछाप जिल्ला कमिटी अध्यक्ष रमेश बस्नेत चयन भएका छन् । मन्थली नगरपालिकाका मेयर समेत रहेका बस्ने रामेछापका पूराना कम्युनिस्ट नेता हुन् ।

त्यस्तै कमिटीको उपाध्यक्षमा धनलाल योन्जन र रामवहादुर बुढाथोकी छन् भने लालसिंह घिसिङ सचिव चयन भएको नेकपा एसका नेता होम बुढाथोकीले जानकारी दिए ।

२०९ सदस्यीय जिल्ला कमिटी घोषणा गरिए पनि सबैको नाम टुंगो नलागेको जिल्ला इन्चार्ज पौडेलले बताए । रामेछापका ८ स्थानीय तहमध्ये एमालेले ५ वटामा जितेको थियो । तीमध्ये मन्थलीका मेयर बस्ने र गोकुलंगा ५ का वडाध्यक्ष बलराम खड्काले नेकपा एस रोजेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर