नाडाको निर्वाचन मंसिर २२ र २३ गते, नेतृत्वका लागि चौधरी र थापा मैदानमा – Nepal Press

नाडाको निर्वाचन मंसिर २२ र २३ गते, नेतृत्वका लागि चौधरी र थापा मैदानमा

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को ४५ औं साधारणसभा तथा अधिवेशनका लागि निर्वाचनको मिति घोषण भएको छ ।

शुक्रबार सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिले मंसिर २२ र २३ गतेका लागि साधारणसभा र निर्वाचनको मिति तोकेको हो।

साधारणसभा र निर्वाचन होटल सोल्टीमा नै सम्पन्न हुने नाडाले जनाएको छ । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा हुने एसोसिएसनको निर्वाचनबाट अध्यक्षसहित संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्यसमितिको निर्वाचन हुनेछ ।

यस्तै, नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ । यसअघि भदौ २४ र २५ गतेका लागि तोकिएको एसोसिएसनको निर्वाचन कोभिड– १९ का कारण प्रभावित भएको थियो ।

नाडाको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुव थापाले यसअघि नै उम्मेदवारी गरिसकेका छन् । यद्यपि, समझदारीको प्रयास जारी रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर