प्रदेश २ मा लोसपा संसदीय दलका नेता छान्न अध्यक्ष ठाकुर जनकपुरमा, जितेन्द्र सोनलको सम्भावना प्रबल – Nepal Press

प्रदेश २ मा लोसपा संसदीय दलका नेता छान्न अध्यक्ष ठाकुर जनकपुरमा, जितेन्द्र सोनलको सम्भावना प्रबल

जनकपुरधाम । प्रदेश २ मा संसदीय दलका नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर जनकपुरधाम आइपुगेका छन् ।

आज जनकपुर विमानस्थलमा अध्यक्ष ठाकुरलाई नेता कार्यकर्ताले स्वागत गरेका छन् । आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम आइपुगेका हुन् ।

उनको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ ।

जसपाका ५५ सांसदमध्ये १६ सांसद लोसपा रोजेका छन् । तत्कालीन राजपा संसदीय दलका नेता जितेन्द्र सोनललाई नै लोसपा दलका नेता बनाउने सम्भावना बलियो रहेको एक सांसदले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर