कांग्रेस तेह्रथुमका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन – Nepal Press

कांग्रेस तेह्रथुमका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं । तेह्रथुमका सबै स्थानीय तहमा सर्वसम्मत रुपमा नेपाली कांग्रेसको नेतत्व चयन भएको छ । आज हुने पालिका अधिवेशनको निर्वाचनअघि नै जिल्ला तहका नेताहरुको समन्वयमा सहमति जुटाइएको हो ।

जसअनुसार छथर गाउँपालिकामा रामचन्द्र भट्टराई, लालीगुराँस नगरपालिकामा अमर गुरुङ, म्याङलुङ नगरपालिकामा इन्द्रराज तुम्बाहाम्फ्, मेन्छ्यायेम गाउँपालिकामा तारकबहादुर सम्बाहाम्फे, फेदाप गाउँपालिकामा महेन्द्र फोम्बो र आठराई गाउँपालिकामा दिलकुमार पाहिम सभापति बन्ने सहमति भएको छ ।

पदाधिकारी र सदस्यमा पनि सहमति जुटेको तेह्रथुम कांग्रेसले जनाएको छ । यसअघि जिल्लाका सबै वडामा समेत सर्वसम्मत रुपमा नेतृत्व चयन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर