१० जनामा सीमित बायर्न वियजी – Nepal Press

१० जनामा सीमित बायर्न वियजी

काठमाडौं । जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा साविक विजेता बायर्न म्युनिखले ग्रिउथर फर्थमाथि १-३ गोलको नतिजामा जित निकालेको छ । फर्थको मैदानमा भएको खेलको १०औं मिनेटमा थोमस मुलरले गरेको गोलसँगै बायर्नले अग्रता लिएको थियो ।

घरेलु टोलीमाथि हाबी बनेको बायर्नले ३१औं मिनेटमा योसुवा खिमिचको गोलसँगै अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमा ०-२ गोलको अग्रता लिएको बायर्नका डिफेन्डर बेन्जामिन पाभार्ड ४८औं मिनेटमा रातो कार्डको सामना गर्दै बाहिरिएपछि १० जनामा सीमित भएको थियो ।

तर, ६८औं मिनेटमा फर्थका सेबास्टियन ग्रेसबेकले आत्मघाति गोल गरेसँगै भ्रमणकारी बायर्नले अग्रता ३-० मा लम्ब्याएको थियो । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा सेड्रि इट्टेनले फर्थका लागि एक गोल फर्काएका थिए ।

जितसँगै बायर्नले ६ खेलबाट १६ अंक जोडेको छ । पराजित फर्थ समान खेलबाट १ अंक जोडेर तालिकाको पुछारमा छ ।

बुन्डेसलिगामा शनिबार राति ६ खेल हुँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर