निर्वाचन अधिकृत वेपत्ता भएपछि काभ्रेमा पालिका अधिवेशन स्थगित – Nepal Press

निर्वाचन अधिकृत वेपत्ता भएपछि काभ्रेमा पालिका अधिवेशन स्थगित

काभ्रे । नेपाली कांग्रेस काभ्रेको शनिबार हुने पालिका अधिवेशनहरु स्थगित गरिएको छ । अधिवेशनका लागि केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत राजेन्द्र लामिछाने सम्पर्कविही रहेको भन्दै काभ्रे कांग्रेसले अधिवेशन स्थगनको सूचना जारी गरेको हो ।

काभ्रे कांग्रेसका सभापति मधु आचार्यद्वारा जारी सचूनमा निर्वाचन अधिकृत बिना सूचना सम्पर्कविहीन भएको, मतदाता नामावली नभएको र पालिकामा खटिने निर्वाचन प्रतिनिधि समेत निश्चित नभएकाले पालिका अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । कांग्रेसको कार्यतालिका अनुसार काभ्रेका १३ वटा पालिकामा शनिबार अधिवेशन हुनुपर्ने थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर