महाप्रबन्धकको विशेषाधिकारबाट निगमका कर्मचारीको तलब भत्ता सोमबारदेखि भुक्तानी – Nepal Press

महाप्रबन्धकको विशेषाधिकारबाट निगमका कर्मचारीको तलब भत्ता सोमबारदेखि भुक्तानी

काठमाडौं । कर्मचारी आन्दोलनका कारण साउनदेखिको तलब समेत वितरण हुन नसकेको नेपाल वायु सेवा निगममा सोमबारदेखि तलब भत्ता भुक्तानी हुने भएको छ ।

पर्यटन मन्त्रालयसँगको छलफलपछि महाप्रबन्धक डिमप्रकाश पौडेलले आफूमा रहेको विशेषाधिकार प्रयोग गरि हालसम्मको सम्पूर्ण तलब भत्ता भुक्तानी दिने निर्णय गरेका हुन् ।

आन्दोलनका कारण सञ्चालक समिति बैठक बसेर बजेट पारित नभएका कारण तलब बितरण हुन सकेको थिएन । आन्दोलनकारी कर्मचारीले गत बुधबार अर्थ विभाग नियन्त्रणमा लिएर चेक काट्न दबाब दिएका थिए ।

महाप्रबन्धक पौडेलले वार्ताको माध्यमबाट समस्या समाधानका लागि फेरि पनि आन्दोलनकारी कर्मचारीलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर