त्रिभुवन विमानस्थलका महाप्रबन्धक तिवारीविरुद्ध अख्तियारमा उजुरी – Nepal Press

त्रिभुवन विमानस्थलका महाप्रबन्धक तिवारीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा उजुरी परेको छ । तिवारीले आर्थिक अपचलन गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले उजुरी हालेका हुन् ।

दुई दिनअघि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि तिवारी प्राधिकरणको महानिर्देशकमा आउने चर्चा छ । तिवारीले प्राधिकरणमा सेवा सुरू गरेदेखि नै विभिन्न पदमा बस्दा लाखौं हिनामिना गरेको भन्दै त्यसको छानविन गरी कारवाही गर्न कर्मचारीले माग गरेका छन् ।

तिवारीले लुक्ला विमानस्थल, पोखरा, नेपालगञ्ज विमानस्थल प्रमुख हुँदा आर्थिक अपचलन गरेको कर्मचारीको आरोप छन् । अहिले तिवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुखका रूपमा कार्यरत छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *