‘बहिस्कार’ गीत ल्याएको पहिलो दिनमै दुर्गेश विवादमा : जोनी डीपबाट चोरी वा प्रभावित ? – Nepal Press

‘बहिस्कार’ गीत ल्याएको पहिलो दिनमै दुर्गेश विवादमा : जोनी डीपबाट चोरी वा प्रभावित ?

काठमाडौं । दुर्गेश थापा र पल शाहको नयाँ गीत बहिस्कार शुक्रबार युट्युवमा रिलिज भएको छ । दुई महीना पहिले लोकदोहोरी प्रतिष्ठानले बहिस्कार गर्ने घोषणा गरेपछि त्यसको जवाफ दिन दुर्गेशले यो गीत ल्याएका हुन् ।

गीत ल्याएकै दिन यो दुर्गेश पुनः विवादमा तानिएका छन् । भिडिओमा प्रयुक्त उनको गेटअप र ड्रेस जोनी डीप स्टारर हलिउड फिल्म ‘पाइरेट्स अफ दी क्यारेबियन’बाट चोरी भएको भन्दै सामाजिक संजालमा व्यापक आलोचना भएको छ ।

हेयर स्टाइल, मेकअप र ड्रेस दुरुस्तै जोनी डीपको चरित्रसँग मिलेपछि कतिपय दर्शकले चोरी नगर्न दुर्गेशलाई सुझाएका छन् । तर, दुर्गेशले चाहिँ त्यो कन्सेप्टलाई चोरी भन्न नमिल्ने बताए ।

‘कतिपय कन्सेप्ट मिल्छ तर, यसलाई चोरी भन्न मिल्दैन’ नेपाल प्रेससँग उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर