बालिका बलात्कार आरोपमा दुईजना पक्राउ – Nepal Press

बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

कैलाली । डडेल्धुरामा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डडेल्धुरा परशुराम नगरपालिका १० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका–५ का २७ वर्षीय जगदिश धामी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

असोज ५ गते बलात्कारपछि फरार रहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेक दुवैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराक प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर