कांग्रेस महाधिवेशन १ महिना सार्ने विषयमा छलफल, १३ जिल्लाको सदस्यता टुंग्याइँदै – Nepal Press

कांग्रेस महाधिवेशन १ महिना सार्ने विषयमा छलफल, १३ जिल्लाको सदस्यता टुंग्याइँदै

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतामा विवाद देखिएका १३ जिल्लाको सदस्यता आजै टुंगो लगाउने भएको छ ।

सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकले वडा अधिवेशन नभएका प्रदेश २ का आठसहित १३ जिल्लाको सदस्यताबारे आज दिनभरिमा सहमति जुटाउने निर्णय गरेको हो । बैठकले हिमाली जिल्लाको अधिवेशन नियमित तालिका अनुसार गर्ने र अन्य जिल्लामा दसैअघि गाउँ / नगर अधिवेशनमात्रै गर्ने सहमति जुटाएको सह-महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा छठपछि मात्रै जिल्ला अधिवेशन गर्ने र आवश्यक परे महाधिवेशन १ महिना पर सार्ने विषयमा पनि छलफल भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर