भदौमा १०२ व्यक्तिमाथि मानवअधिकार उल्लङ्घन – Nepal Press

भदौमा १०२ व्यक्तिमाथि मानवअधिकार उल्लङ्घन

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत भदौ महिनामा १०२ व्यक्ति मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत भदौ र यही असोज ७ गतेसम्म १५ पुरुष र ८७ महिला गरी १०२ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडित भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार प्रदेश २ मा २५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा १५, गण्डकी र वाग्मती प्रदेशमा १३र१३, प्रदेश १ मा १० र सुदूरपश्चिम प्रदेशमा आठ जना पीडित भएका छन् । भदौ महिनामा अपहरणका घटनामा दुई, कुटपिटका घटनामा दुई, घाइते एक, दुव्र्यवहारका घटनामा चार र धम्कीका घटनामा दुईजना पीडित भएका इन्सेकले जनाएको छ ।

भदौ महिनामा नौ जनाको हत्या गरिएको र बालअधिकार उल्लङ्घनका घटनामा ४७ तथा महिला अधिकार उल्लङ्घनका घटनामा ३५ जना पीडित भएका प्रतिवेदनमा उल्लेख छ । बालअधिकार उल्लङ्घनका घटनामा परी ४६ बालिका र एक बालक गरी ४७ जना बालबालिका पीडित भएका इन्सेकले जनाएको छ । अभिलेखित घटनामध्ये बलात्कारका घटनामा ३८, यौन दुव्र्यवहारका घटनामा छ, बेचबिखन प्रयासको घटनामा एक र विद्यालयमा शारीरिक दण्ड सजायको घटनामा एक जना पीडित भएको प्रतिवेदनमा छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर