एमाले निकट उद्योग व्यापार संगठनमा १० बुँदे लागू, एलपी साँवा अध्यक्ष – Nepal Press

एमाले निकट उद्योग व्यापार संगठनमा १० बुँदे लागू, एलपी साँवा अध्यक्ष

काठमाडौं । नेकपा एमाले सम्बद्ध उद्योगी व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पार्टीमा १० बुँदे सहमति लागू भएसँगै जेठ २ मा फर्किएको छ ।

विहीवार दश बुँदे सहमति लागू गर्न बसेको बैठकले एलपी साँवा लिम्बुलाई नै अध्यक्ष कायम राख्दै जेठ २ अघिको संरचना क्रियाशील गराएको हो । जेठ २ अघिका अध्यक्ष लक्ष्मीदास मानन्धर उमेरले ९५ पुगिसकेकाले सल्लाहकारको भूमिकामा राख्दै प्रतिनिधिसभा सदस्य समेत रहेका एलपी साँवालाई अध्यक्ष बनाइएको हो ।

नेकपा विभाजनपछि तत्कालीन केपी ओली पक्षले लिम्बुको अध्यक्षतामा संगठन पुनर्गठन गरेको थियो । इन्चार्ज लेखराज भट्टको उपस्थितिमा बसेको बैठकले लिम्बुको अध्यक्षतामा १२ जना पदाधिकरी चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा भीमलाल पौडेल, उपाध्यक्ष परशुराम अधिकारी, डेकनाथ गौतम, ऋषिराम खरेल,डिबि बस्नेत छन् । त्यस्तै महासचिव भगीरथ सापकोटा चयन भएका छन् भने सचिवहरुमा खोपनिधि लोहनी, गोपाल खनाल र निरज राई छन् ।

संगठनको कोषाध्यक्षमा वालकृष्ण शिवाकोटी र सहकोषाध्यक्षमा शंकर नेपाल चयन भएका छन् । बैठकले २५१ सदस्यीय केन्द्रीय समिति, १०१ सदस्यीय स्थायी समिति र ११०० सदस्यीय केन्द्रीय परिषद गठन गरेको अध्यक्ष लिम्बुले जानकारी दिए ।

भूगोल, कर्पोरेट र वस्तुगत संघहरुको अलग कमिटीसमेत गठन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर