त्रिशुली नदीमा कार खस्दा ३ जना वेपत्ता, एक घाइतेको उद्दार – Nepal Press

त्रिशुली नदीमा कार खस्दा ३ जना वेपत्ता, एक घाइतेको उद्दार

चितवन । त्रिशूली नदीमा कार खस्दा ३ जना वेपत्ता भएका छन् । १ जना घाइते छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्गको इच्छाकामना गाँउपालिका–५ नाग्दी खोला नजिकै राती पौने १२ बजेतिर त्रिशुलीमा खसेको थियो ।

चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका अनुसार ग २ च ४९१८ नम्बरको कार अनियन्त्रित हुँदा सडकबाट करिव ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो । कार हालसम्म फेला परेको छैन । कारमा रहेका ४ जनामध्ये १ जना पोखरा–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

वेपत्ता हुनेहरुमा कार चालक पोखरा–१७ का ५५ वर्षीय प्रेमबहादुर भुजेल, यात्रुहरु सोही ठाउँका ५५ वर्षीय लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन्। वेपत्ताहरुको खोजी जारी रहेको प्रवक्ता थापाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर