गायिका इन्दिरा जोशीको सरप्राइज इन्गेजमेन्ट ! – Nepal Press

गायिका इन्दिरा जोशीको सरप्राइज इन्गेजमेन्ट !

काठमाडौं । गायिका इन्दिरा जोशीले केही महीना पहिले आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । उनले त्यतिबेलै आफू कसैसँगको प्रेममा रहेको बताएकी थिइन् ।

प्रेममा रहेको केही महीनामै इन्दिराको सरप्राइज इन्गेजमेन्ट भएको छ । प्रेमीले उनलाई सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्गेजमेन्ट औंठी लगाइदिएका छन् ।

फेसन डिजाइनर शरद केडियाले इन्दिरालाई खुम्बुमै इन्गेजमेन्ट रिङ लगाइदिएका छन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका इन्दिरा र शरदबीच इन्गेजमेन्ट भएको हो ।

हेलिकोप्टरमार्फत त्यहाँ पुगेका उनीहरु अहिले खुम्बु क्षेत्रमै छन् । त्यही मौकामा शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडिओ सार्वजनिक भएको हो । भिडिओमा शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले खुशि हुँदै स्वीकारेकी छिन् ।

पाइलट विवेकले भिडिओ सार्वजनिक गर्दै इन्दिरा र शरदलाई सुखद भविष्यको शुभकामना दिएका छन् । यी दुई जनाले केही महीनायता डेट गरिरहेपनि सार्वजनिकरुपमा प्रेमलाई स्वीकार गरिसकेका छैनन् ।

तर, गायिका जोशीले चाहिँ इन्गेजमेन्ट नभएर प्रेम प्रस्तावलाई स्वीकारेको दावी गरेकी छिन् । निकट स्रोतका अनुसार उनीहरु केही वर्षदेखि डेटिङमा छन् र केही महीना पहिले इन्दिराले आफू प्रेम सम्बन्ध रहेको भन्दै औंठी सार्वजनिक गरेकी थिइन् ।


प्रतिक्रिया

One thought on “गायिका इन्दिरा जोशीको सरप्राइज इन्गेजमेन्ट !

  1. गायिका इन्दिरा जोशीलाई सुखद दाम्पत्य जीवनको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर