बार्सिलोनाको अर्को निराशाजनक बराबरी, कोम्यानमाथि दबाब बढ्दो – Nepal Press

बार्सिलोनाको अर्को निराशाजनक बराबरी, कोम्यानमाथि दबाब बढ्दो

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा काडिजसँग निराशाजनक गोलरहित बराबरी खेलेको छ । कमजोर टोलीमाथि पनि गोल गर्न नसकेसँगै प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब अझै बढेको छ ।

फ्रेन्की डी जोङले रातो कार्ड पाएपछि बार्सिलोनाले अन्तिम २५ मिनेट १० खेलाडीमा खेलेको थियो । ला लिगाको नयाँ सिजनमा ५ खेलमा बार्सिलोनाले एउटा खेलमात्र जितेको छ । यसले कोम्यानमाथिको दबाब बढिरहेको छ ।

दोस्रो हाफमा ४ मिनेटको अन्तरमा दुई पहेलो कार्ड पाएपछि डी जोङ मैदान छाड्न बाध्य भए । त्यसयता काडिजले खेलमा पकड जमाएको थियो । तर बार्सिलोनाका गोलरक्षक मार्क टर स्टेगेनको शानदार प्रदर्शनले गोल हुन पाएन ।

डी जोङले रातो कार्ड पाएदेखि नै उनी उग्र भइसकेका थिए । खेलको अन्तिम मिनेटमा सर्जियो बुस्केटलाई दिइएको पहेलो कार्डमाथि विवाद गर्न जाँदा उनलाई टचलाइनबाट बाहिर पठाइएको थियो ।

‘स्पेनमा एउटा समस्या सधैं के रहने गरेको छ भने उनीहरुलाई बाहिर पठाउन कुनै कारण चाहिँदैन,’ खेलपछि कोम्यानले ला लिगा टिभीसँग भने, ‘उनीहरु मलाई एटिच्युडको कुरा गरिरहेका छन् । सबैले देखेका थिए, त्यतिबेला मैदानमा दुईवटा बल थियो । म पनि रेफ्रीलाई त्यही सम्झाउँदै थिएँ ।’

उनले आफ्नो टिम अझै शशक्त रहेको भन्न चाहिँ छुटाएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *