निर्वाचन आयोगमा एमालेको केन्द्रीय कमिटी अद्यावधिक- वामदेव गौतम र सोम पाण्डे यथावत – Nepal Press

निर्वाचन आयोगमा एमालेको केन्द्रीय कमिटी अद्यावधिक- वामदेव गौतम र सोम पाण्डे यथावत

काठमाडौं । नेकपा (एमाले)ले पार्टी विभाजनपछि आफ्नो केन्द्रीय कमिटी अद्यावधिक गरेको छ।

नेकपा एसतिर सनाखत गरेका केन्द्रीय सदस्यहरुको नाम हटाएर बाँकीको विवरण हिजो निर्वाचन आयोगमा पठाइएको हो ।

एमालेले अद्यावधिक गरेको विवरणमा वामदेव गौतम र सोमप्रसाद पाण्डे भने यतावत छन् ।

गौतमले पार्टीबाट राजीनामाको घोषणा गरेका थिए । यद्यपि उनको राजीनमा अझैं स्वीकृत भएको छैन् ।

त्यस्तै पाण्डेले पनि नेकपा एस रोज्न पाउँ भन्दै निर्वाचन आयोगमा सनाखतका लागि निवदेन दिएका थिए । तर, निर्वाचन आयोगले उनको सनाखत लिएको थिएन ।

आयोगविरुद्ध पाण्डे र शारदादेवी भट्ट सर्वोच्चमा गएपछि सर्वोच्चले नेकपा एस रोज्न निवेदन दिएकै आधारमा उनीहरुमाथि कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको थियो ।

पाण्डे अहिले नै नेकपा एसका भएको नभइ निवेदन दिएको आधारमा कारवाही नगर्नू भन्ने सर्वोच्चको आदेश भएकाले उनी पार्टीमै रहेको बुझाइ एमालेको छ । त्यही आधारमा पाण्डेलाई पनि केन्द्रीय कमिटीमा यथावत राखिएको एमालेले जनाएको छ।

नेकपा एसतिर गएका भनिएका केन्द्रीय सदस्य विक्रम शाही पनि एमालेकै केन्द्रीय सदस्यका रुपमा यथावत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर