नेपाल युरोपेली फिल्म फेस्टिभल अन्तर्गत शुक्रबार ग्रीन फिल्म मेकिङबारे मास्टरक्लास हुँदै – Nepal Press

नेपाल युरोपेली फिल्म फेस्टिभल अन्तर्गत शुक्रबार ग्रीन फिल्म मेकिङबारे मास्टरक्लास हुँदै

काठमाडौं । काठमाडौंमा नेपाल युरोपेली युनियन फिल्म फेस्टिभल भर्चुअलरुपमा जारी छ । युरोपियन युनियन नेपालको डेलिगेसनले आयोजना गरेको यो फेस्टिभल अन्तर्गत शुक्रबार हरित फिल्म निर्माण अर्थात ग्रीन फिल्म मेकिङबारे मास्टरक्लास आयोजना हुने भएको छ ।

शुक्रबार दिउँसो २ बजे भर्चुअलरुपमा कार्यक्रम आयोजना हुने जारी विज्ञप्तिमा उल्लेख छ । श्रव्यदृश्य सामाग्री निर्माण गर्दा वातावरणमा पर्ने असरलाई कम गर्नेबारे मास्टरक्लासमा छलफल हुने जनाइएको छ । साथै, सार्वजनिक तथा निजी निकायहरुले तयार गरेका नीति तथा व्यवस्थालाई समेत उक्त भर्चुअल कक्षामा छलफल हुने जनाइएको छ ।

मास्टरक्लासका प्रशिक्षकको रुपमा भ्यालरियो कारुसो रहने भएका छन् । साइकोलोजीमा स्नातकोत्तर र ह्युमन कम्प्युटर इन्टरेक्सनमा पीएचडी गरेका डा. अल्बर्टो बाट्टाचीले हरित फिल्म निर्माणका विधि र फाइदाबारे आफ्नो अनुभव सुनाउँदैछन् ।

इटलीको ट्रेन्टिनो क्षेत्रको लोकेसन स्काउटको रुपमा काम गर्ने अल्बर्टोले थुप्रै फिल्ममा सहायक निर्देशकको रुपमा पनि काम गरेका छन् । सन् २०१९ देखि अडियो भिज्युवल प्रडक्सनमा हरित फिल्म निर्माणको अभियानमा संलग्न ट्रेन्टिनो फिल्म फन्ड एन्ड कमिसनमा पनि आबद्ध छन् ।

मास्टरक्लासमा हरित फिल्म मुल्यांकन प्रणालीका निर्देशिका बमोजिम फिल्म निर्माणस्थललाई कसरी दिगो बनाउन सकिन्छ भन्ने बिषयमा निर्माताहरुले व्यवहारिक रुपमा के गर्न सक्छन् भनेर जान्ने मौका पाउने आयोजकले बताएको छ ।

मास्टरक्लासमा फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारीले वक्ताको रुपमा बोल्नेछन् । मास्टरक्लासमा फिल्म क्षेत्रका विभिन्न विधामा काम गर्ने व्यक्तिहरु पनि सहभागि हुने आयोजकले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *