एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन टेबलटेनिस टोली दोहा जाँदै – Nepal Press

एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन टेबलटेनिस टोली दोहा जाँदै

काठमाडौं । पच्चीसौं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा प्रस्थान गर्दैछ ।

सेप्टेम्बर २५ देखि अक्टोबर ५ सम्म हुने प्रतियोगिताका लागि पुरुषतर्फ श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् । र, महिलातर्फ एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा सहभागी हुनेछन् ।

खेलाडीले विभिन्न ७ स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ । टोली नेतामा टेबलटेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्दराज वैद्य, प्रशिक्षकमा मुख्य प्रशिक्षक सन्जिव ढुंगेल र शंकर गौतम तथा निर्णायकमा तेजेन्द्रसिंह महरा रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर