राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो – Nepal Press

राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

सभामुख अग्नि सापकोटाको भूमिकाप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्ष एमाले सांसदहरूको निरन्तरको नारावाजी र अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेको थियो । प्रमाणीकरणसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि सरकारलाई बजेट खर्चको बाटो खुल्नेछ ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयक ल्याएको थियो ।

प्रतिपक्षको अवरोधका कारण बजेट समयमा पारित नहुँदा सरकारले केही दिन ‘बजेट होलिडे’ को समेत सामना गर्नुपरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर