२०६४ सम्झिँदै प्रचण्डले भने– गर्नु नगर्नु सबै गरेर पो जितियो, अबको चुनावमा त्यसै गर्नुपर्छ (भिडिओ) – Nepal Press

२०६४ सम्झिँदै प्रचण्डले भने– गर्नु नगर्नु सबै गरेर पो जितियो, अबको चुनावमा त्यसै गर्नुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा २०६४ सालकै जस्तो गरी जित्नुपर्ने भएकाले सोहीअनुसार तयार रहन निर्देशन दिएका छन् ।

काभ्रेको पाँचखालमा आयोजित वाइसिएल भेलालाई सम्बोधन गदै प्रचण्डले शान्तिपूर्ण भन्दै अर्को पक्षलाई लेखेट्नुपर्ने बताए । उनले अर्को पक्षलाई गुण्डाको संज्ञा दिँदै गुण्डाले जालझेल गरेर चुनाव जित्ने भएकाले अब आफूहरु पनि सोहीअनुसार चल्नुपर्ने बताए ।

प्रचण्डले भने– कुरा बुझ्नुभो त ! बाकस साट्ने, पुलिस कर्मचारी प्रयोग गरेर जित्न खोज्नेलाई भ्याकुर लखेटेझैं लखेट्नुपर्छ । हामीले त्यो बेला कति गरेका थियौं ? तपाईहरुले कति गर्नुभयो २०६४ मा । गर्नुपर्ने पनि गरियो, नगर्नु पनि गरियो र पो जितियो ।

प्रचण्डले अब वाइसिएले सिधा बनेर बस्न नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर